न्यादी हाइड्रोपावरको लक-इन अवधि सकिँदै

काठमाडौँ – न्यादी हाइड्रोपावर लिमिटेडको शेयर लक इन अवधि असोज ४ गते समाप्त हुने भएको छ।

कम्पनीका संस्थापक, संस्थापकका कर्मचारी, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र कम्पनीका कर्मचारीहरूले खरिद गरी लिएका शेयरहरू तीन वर्षको लक इन अवधिमा राख्नुपर्ने व्यवस्था गरिएको थियो।यो शेयर लकइन अवधि २०७८ सालको ५ मंसिरदेखि सुरु भएको थियो, जसको अन्तिम बाँडफाँट २०७८ सालको ५ कात्तिकमा सम्पन्न भएको थियो।

संस्थापक शेयरधनीहरू १ करोड ९लाख ५० हजार कित्ता शेयर, संस्थापक शेयरधनीका कर्मचारीहरू ३ लाख कित्ता शेयर, कम्पनीका कर्मचारीहरू ४५ हजार कित्ता शेयर स्थानीय बासिन्दा (अति प्रभावित) २ लाख कित्ता शेयर र प्रभावित कुल शेयर १ करोड २७ लाख ९५ हजार कित्ता शेयर रहेको छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया