काठमाडौँ - डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।
कम्पनीले शेयर धनीको स्वामित्वमा रहेको २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक शेयर धनीहरूले मात्रै आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।
सेयर खरिद गर्न चाहने संस्थापक शेयर धनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाण्डौको सितापाइलामा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
उक्त समयभित्र आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।
प्रतिक्रिया