ताजा समाचार

प्रिसेसनमा ३.५८ अंकले बढ्यो नेप्से

बुधबार, ०२ असोज २०८१, ११ : ०८

काठमाडौं- साताको तेस्रो कारोबार दिन (बुधबार)को प्रिसेसनमा सेयर बजार परिसूचक (नेप्से) एकल अंकले बढेको छ । ३.५८ अंकले बढ्दै नेप्से २५८४.३४ को बिन्दुमा उक्लिएको छ ।

प्रिसेसनमा जम्मा ३७ कम्पनीको कारोबार भयो । यो सेसनमा १९ कम्पनीको मूल्य बढ्दा १६ कम्पनीको मूल्य घट्यो । २ कम्पनीको स्थिर रह्यो । प्रिसेसनमा विशेषगरी जलविद्युत क्षेत्रका कम्पनीको सेयर किनबेच भएको छ । २९९७ कित्ता सेयर किनबेच हुँदा यो सेसनमा कारोबार रकम १४ लाख ३५ हजार ७५४ रुपैयाँ बराबरको भयो । जुन कारोबार रकम केही कारोबार दिनयताकै कम हो ।

यसअघि सोमबार नेप्से ५७.०३ अंकले घटेको थियो । नेप्से झण्डै २ महिना अगाडिको अवस्थामा फर्किएको थियो । निरन्तर गिरावटका बिच सोमबारको उच्च गिरावटले नेप्सेमा थप निराशाको संकेत दिएको थियो । यद्यपि, बुधबारको सुरुवाती कारोबारले भने केही सकारात्मक संकेत गरेको छ ।तथापि, आजको बजार कता जान्छ भन्ने भन्न सकिने अवस्था छैन । चाडपर्वको प्रभाव र धेरै लगानीकर्ता होल्डमा भएको कारण नेप्सेले लिने बाटो कता हो भन्ने यकिन देखिन्न ।

बुधबार, ०२ असोज २०८१, ११ : ०८

प्रतिक्रिया