फिल्म ‘अज्ञात’ मा अभिनेत्री नीति शाहको भुमिका

बुधबार, ०२ असोज २०८१, १४ : ०७

काठमाडौंँ- अभिनेत्री नीति शाह ‘अज्ञात’ मा पनि देखिने भएकी छन् । समोस सुनुवारको निर्देशनमा बन्न लागेको फिल्ममा अभिनेताद्वय सौगात मल्ल र अनुपविक्रम शाही मुख्य कलाकारको रुपमा छन् । 

कर्म पिङ्की भुटियाको निर्माण रहने फिल्ममा प्रदीप भारद्वाजको स्क्रिप्ट लेखन छ । यो फिल्मलाई हरि हुमागाइँले छायाङ्कन गर्नेछन् । आगामी माघपछि छायाङ्कन सुरु गर्न लागिएको फिल्मलाई २०८२ सालको फूलपातीमा प्रदर्शन गर्ने बताइन्छ । 

नेपाल र सिक्किममा छायाङ्कन गरिने फिल्म एक्सन प्रधान हुनेछ । नीति ‘खजुरे ब्रो’ बाट अभिनयमा भित्रिएकी हुन् । फिल्म असफल भएपनि उनको हातमा भने फिल्म राम्रो छ । उनी अभिनित अहिले ‘ज्वाई साप’ प्रदर्शनको तयारीमा छ । उनले  ‘रुखान’, ‘नरसिंहा अवतार’ र ‘मोहर’ गरी तीन फिल्म सम्झौता गरेर बसेकी छन् ।

बुधबार, ०२ असोज २०८१, १४ : ०७

प्रतिक्रिया