एनएमबि क्यापिटलबाट सञ्चालित दुई फण्डको लाभांश  घोषणा

विहीबार, ०३ असोज २०८१, ०७ : ५६

काठमाडौं- एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनएमबि–५० र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ ले लाभांश (प्रतिफल) घोषणा गरेका छन् ।

गत आर्थिक वर्षको नाफाबाट एनएमबि–५० ले करसहित १५ प्रतिशत नगद लाभांश र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ ले करसहित १० प्रतिशत नगद लाभांश दिनेछन् । लाभांश वितरण प्रयोजनार्थ दुवै फन्डको बुक क्लोज असोज ११ गते गर्ने निर्णय गरिएको छ 
। 

असोज १० गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाइधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

विहीबार, ०३ असोज २०८१, ०७ : ५६

प्रतिक्रिया