संविधान दिवसको अवसर पारेर फिल्म‘खुस्मा’ प्रदर्शनमा

विहीबार, ०३ असोज २०८१, १३ : ३५

काठमाडौँ - आज संविधान दिवसको अवसर पारेर फिल्म ‘खुस्मा’ प्रदर्शनमा आएको छ ।

‘खुस्मा’ अशोक थापा मगरको लेखन तथा निर्देशन रहेको मगर समुदायको पृष्ठभूमिमा आधारित प्रेमकथामा बनेको फिल्म हो । फिल्ममा धिरज मगर उपासना सिंह ठकुरी,  माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय संयोजक सुब्बा, राजु रेग्मी मगर, राज थापा काउचा, अस्तित्व भट्टचन, सङ्गीता थापा मगर, अरुण पुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर, दुईसाङ थिङ लगायतका कलाकारको अभिनय छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेका थिए । वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर निर्माता रहेको फिल्ममा सह–निर्माता सुस्मिता बुढाथोकी हुन् ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बिच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क ९कोरियन०को सङ्गीत रहेको फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्मसले  गरेको हो ।
 

विहीबार, ०३ असोज २०८१, १३ : ३५

प्रतिक्रिया