गायक प्रमोद खरेलको गीत ‘एक कदम’ सार्वजनिक

विहीबार, ०३ असोज २०८१, १७ : ०४

काठमाडौँ - गायक प्रमोद खरेलको नयाँ गीत ‘एक कदम’ सार्वजनिक गरिएको छ । 

विष्णु भण्डारीको शब्द, भिम बिसिको संगीत, श्यामस्वत रसैलीको संगीत संयोजन रहेको गीतमा गायक खरेललाई स्वरमा भिम बिसि, मनोज खनाल, दिनेश बिष्टले साथ दिएका छन् । 

भिडियोमा दिनेश विष्ट, भिम खड्का, दिपा पनेरु, प्रियंका शिवाकोटी, हीर शाही ‘संगीता’, ओम प्रसाद शिवाकोटी, विशाल नेपाल, निर्मल बिष्ट, रोहित घिमिरे, सुक्मन जंग अश्रपती, रोशन बोगटी, दिनेश जोशी, बिरेन्द्र कलेल, अर्जुन बमलगायतको अभिनय छ । प्रकाश खड्काको छायांकन रहेको भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन् । 

विहीबार, ०३ असोज २०८१, १७ : ०४

प्रतिक्रिया