फिल्म बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

विहीबार, ०३ असोज २०८१, १८ : २९

काठमाडौँ - विवाहको विषयवस्तुमाथि निर्माण भएको फिल्म बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ ।

फिल्ममा  स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबिच सार्वजनिक ट्रेलरमा एक छोरीलाई योग्य वरका लागि गरिने सङ्घर्षको कथा देखाउन खोजिएको छ ।

फिल्ममा निश्चल र स्वस्तिमाको अलवा विजय बराल, वसुन्धरा भुसाल, रक्षा थापा, लोकेन्द्र लेखक, आमिर गौतम, सिरु विष्ट, सिम्रन खड्का, शिशिर सिवाकोटी लगायतको अभिनय छ ।साजन काफ्ले र आकाश बरालको संयुक्तरुपमा निर्देशन रहेको फिल्मको पटकथा यी दुवैले मिलेर लेखेका हुन् ।  फिल्मका निर्माता स्वस्तिमा खड्का र निश्चल बस्नेत हुन् । 

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा फिल्म निर्माण भएको हो । फिल्म असोज १७ गते घटस्थापनाको अवसर पारेर प्रदर्शनमा आउँदैछ ।

विहीबार, ०३ असोज २०८१, १८ : २९

प्रतिक्रिया