काठमाडोँ - पोखराका सफल युवा ब्यबसायी अनिल खड्काले नेपाली कथानक चलचित्र निर्माण गर्ने भएका छन् ।
दिवस फिल्म प्रोडक्सनको ब्यानरमा सत्यकथामा आधारित नेपाली कथानक चलचित्र “आयन्शRaa +” बन्ने भएको हो । निर्माता अनिल खड्काको जिवनकथामा आधारित यस फिल्मको शुक्रवार संविधान दिवसको अवसर पारेर फस्टलुक सार्वजानिक गर्दै निर्माणको घोषणा गरिएको हो ।
पोखरेली जीवन, ड्रग्स, पैसा, रोमान्स, पीडा र सङ्घर्ष को समिश्रण रहेको “आयन्शRaa +” लाई दिनेश कुंवरले निर्देशन गर्ने भएका छन भने अन्य कलाकारको टुङ्गो लागि सकेको छैन । समग्र पोखरालाई समेटेर दशै तिहार पछि छायांकन गरिने बताईएको यश चलचित्रमा निर्माता अनिल खड्का एक्लैको लगानी रहने छ ।
स्मरण रहोस, दिवस फिल्म प्रोडक्सन् दुई साता अघि निर्माणको घोषणा गरेको फिल्म ज्ञानशास्त्रको धमाधम सुटिङ चलिरहेको छ ।
प्रतिक्रिया