महालक्ष्मी साहित्य पुरस्कार मुना अर्याललाई

शनिबार, ०५ असोज २०८१, १७ : २७

काठमाडौँ - महालक्ष्मी साहित्य पुरस्कार, २०८० मकवानपुरकी महाकाव्यकार मुना अर्याललाई प्रदान गरिएको छ । 

शनिबार एक कार्यक्रमका बिच अर्याललाई ५१ हजार रुपैयाँ राशि सहित उक्त सम्मान प्रदान गरिएको हो । मातृभूमि साहित्य समाज मकवानपुर र महालक्ष्मी विकास बैंकको संयुक्त रूपमा प्रदान गरिने उक्त सम्मान यस पटक अर्याललाई प्रदान गरिएको हो । 

साहित्यमा सक्रिय रहेकी अर्यालको २ महाकाव्य प्रकाशित रहेको छ ।कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्य रहेको थियो ।सोही अवसरमा समाजसेवी ईश्वर मैनालीले आफ्नो बुबाको स्मृतिमा स्थापित केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०८० बाट हेटौँडा सन्देश दैनिकका सम्पादक माधवप्रसाद न्यौपानेलाई प्रदान गरिएको छ । 

न्यौपानेलाई १० हजार रुपैयाँ राशि सहित उक्त पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा मकवानपुर श्री सम्मान २०८१ बाट बद्रीनाथ शर्मा अर्याललाई सम्मानित गरिएको छ । 
 

शनिबार, ०५ असोज २०८१, १७ : २७

प्रतिक्रिया