आशा लघुवित्तले शेयर धनीलाई  १५ प्रतिशत बोनस दिने

आइतबार, ०६ असोज २०८१, १० : ३५

काठमाडौं- आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर धनीलाई  १५ प्रतिशत बोनस दिने भएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्री प्रसाद दुलालले जानकारी दिए । सीईओ दुलालका अनुसार लघुवित्तले आफ्नो चुक्त्ता पुँजीको ९ करोड १४ लाख ३० हजार रुपैयाँ बराबरको १४.२५ प्रतिशत बोनस शेयर र ४८ लाख १२ हजार रुपैयाँ बराबरको ०.७५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृतिसँगै आगामी  साधारणसभाले पास गरेपछि वितरण हुनेछ । कम्पनीको हाल चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँ बराबरको छ ।

आइतबार, ०६ असोज २०८१, १० : ३५

प्रतिक्रिया