सिन्धु विकास बैंकले माग्यो सीईओ

आइतबार, ०६ असोज २०८१, १२ : ५७

काठमाडौँ - सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दरखास्त माग गरेको छ । 

बैंकले दोस्रो पटक एक सूचना जारी गर्दै सीईओ माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदनका साथमा उम्मेदवारको पूर्ण बायोडाटा, शैक्षिक प्रमाणपत्र, लब्धाङ्कपत्रको प्रतिलिपि तथा अपराधिक पृष्ठभुमि नदेखिएको प्रहरी प्रतिवेदनसमेत समावेश गर्नुपर्ने बैंकले जनाएको छ।

आइतबार, ०६ असोज २०८१, १२ : ५७

प्रतिक्रिया