काठमाडौँ - साताको पहिलो कारोबार दिन सेयर बजार ११.५८ अंकले बढेर २५८८।३५ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३२५ कम्पनीको १ करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९ करोड २९ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा नौ वटा उपसूचक हरियाली भएको छ ।
आइतबार इष्टर्न हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र अपर स्याङ्गे हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
आज सबैभन्दा बढी सिइडिबी हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको २७ करोड ८० लाख २७ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनएलजी इन्स्योरेन्सको १४ करोड ६९ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै यस दिन नेपाल फाइनान्सको १२ करोड ९७ लाख १३ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको १२ करोड ९४ लाख ६ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको १० करोड २० लाख ३५ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया