काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिइडिबी हाइड्रोपावर र ओरियन्टल होटल्सको मूल्य समायोजन गरेको छ ।
नेप्सेले सिइडिबी हाइड्रोपावरको ११ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १ हजार ८२९.७३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार २ हजार ३१ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
त्यसैगरी, ओरियन्टल होटल्सको ५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ९८०.९५ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार १ हजार ३० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।
यी दुवै कम्पनीको सोही मूल्यको आधारमा नै भोली बिहीबार सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रतिक्रिया