काठमाडौँ - साताको दोस्रो कारोबार दिन सेयर बजार ५९.०२ अंकले घटेर २५२९।३३ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड ३ लाख २ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ । यस दिन बजारमा गिरावट आउँदा गुडविल फाइनान्स, सम्वृद्धि फाइनान्स, एनआएसी एशिया फ्लेक्सी क्याप र इष्टर्न हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २१ करोड १३ लाख ४२ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिइडिबी हाइड्रोपावरको १३ करोड ३९ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन हिमालयन रिइन्स्योरेन्सको १२ करोड ५२ लाख ५० हजार रुपैयाँ, अपी पावर कम्पनीको ११ करोड ७७ लाख २७ हजार रुपैयाँ, सानिमा माइ हाइड्रोपावरको ११ करोड ६२ लाख ३७ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया