काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंक लिमिटेडको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ६३१.८२ रुपैंया हुने गरी मूल्य समायोजन गरेको छ ।
नेप्सेले सोमबारको अन्तिम कारोबार ६९५ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै भोली मंगलबार सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रतिक्रिया