काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले लाभांश घोषणा गरेको छ ।
बैंकको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ४.२१ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।
प्रतिक्रिया