नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर विक्रिमा

मंगलबार, ०८ असोज २०८१, ०६ : ५३

काठमाडाैं- नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले विभिन्न ८ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १ लाख ९० हजार ६५९ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।  हाललाई यो शेयर बैंकका कायम संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् । 

शेयर किन्न इच्छुक शेयरधनीले ३५ दिनभित्र के कति रकममा खरिद गर्ने हो सोसमेत खुलाई बैंकको शेयर शाखा लाजिम्पाट, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।  तोकिएको समयभित्र खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्तिलाई बिक्री गरिने बैंकले जनाएको छ । 

मंगलबार, ०८ असोज २०८१, ०६ : ५३

प्रतिक्रिया