गुराँस लघुवित्तले बोलायो साधारणसभा

मंगलबार, ०८ असोज २०८१, १२ : ०५

काठमाडौँ - गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा बोलाएको छ । 

सभा असोज २९ गते धनकुटाको हिलेमा रहेको होटल कान्जिरोवामा बिहान ९ बजे बोलाएको हो ।लेले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी जम्मा १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेण्डा पनि रहेको छ । यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।

यस्तै, आ।व २०८०\ ८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको वित्तीय विवरण तथा सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने र आव २०८१\८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनको संस्थाले असोज १६ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ असोज १५ गतेसम्म कायम भएका सेयरधनीले मात्र संस्थाको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।

मंगलबार, ०८ असोज २०८१, १२ : ०५

प्रतिक्रिया