कुमारी बैंकको १ लाख संस्थापक सेयर बिक्रीमा

मंगलबार, ०८ असोज २०८१, १३ : ०८

काठमाडौँ - कुमारी बैंकको १ लाख भन्दा धेरै संस्थापक सेयर लिलामीमा राखिएको छ। बैंकले विभिन्न संस्थापक सेयरधनीको सेयर बिक्रीमा राखेको हो। 

बैंकले कुल १ लाख ९ हजार ८५६ कित्ता सेयर लिलामीमा राखेको छ। पहिलो पटक सूचना जारी गर्दै बैंकले उक्त सेयर आफ्नै सेयरधनीहरुले खरिद गर्न मिल्ने गरी लिलामीमा राखेको हो। मूल्य नखुलाई लिलामीमा राखेको बैंकले उक्त सेयर पूरै बिक्री नभएको खण्डमा अन्य लगानीकर्ताका लागि आवेदन खुलाउने जनाएको छ। 

हाल संस्थापक सेयरधनीहरुका लागि मात्रै आवेदन खुला गरिएको हो। जसमा इच्छुक लगानीकर्ताले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड र बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

मंगलबार, ०८ असोज २०८१, १३ : ०८

प्रतिक्रिया