सेयर बजारमा दोहोरो अंकको गिरावट

मंगलबार, ०८ असोज २०८१, १५ : ३४

काठमाडौं - साताको तेस्रो कारोबार दिन सेयर बजार ५८.९३ अंकले घटेर २४७०.३९ को विन्दुमा कायम भएको छ ।

यस दिन  नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ ।

यस दिन बजारमा गिरावट आउँदा हिमालयन रिइन्स्योरेन्सको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी, नेपाल फाइनान्स, बुद्धभुमी नेपाल हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावरलगायतका कम्पनीहरुको सेयर मूल्य उच्च दरमा बढेको छ ।

सेयर बजारमा गिरावट कायमै, यी कम्पनीको सेयर मूल्य घट्यो

सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन सबैभन्दा बढी एनएलजी इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १८ करोड ४१ लाख ७६ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सानिमा रिलायन्स इन्स्योरेन्सको १५ करोड ६९ लाख १० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन हिमालयन रिइन्स्योरेन्सकोे १४ करोड ६५ लाख ६३ हजार रुपैयाँ, अपी पावर कम्पनीको १३ करोड ५५ लाख ३० हजार रुपैयाँ, सानिमा माइ हाइड्रोपावरको ११ करोड ६१ लाख ६ हजार रुपैयाँको कारोबार भएको हो ।

मंगलबार, ०८ असोज २०८१, १५ : ३४

प्रतिक्रिया