दुई महिनामै एक लाख १५ हजारले छोडे देश

मंगलबार, ०८ असोज २०८१, १७ : ०३

काठमाडौँ - वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक बर्षको दुई महिनामा एक लाख १५ हजार ६ सय ७२ जना वैदेशिक रोजगारीमा गएका छन्। 

साउनमा ५९ हजार ५ सय ७५ र भदौमा ५६ हजार ९७ जना युवाले श्रमस्वीकृति लिएर ७९ देश पुगेका छन् । श्रमस्वीकृति लिएकामध्ये ६४ प्रतिशत नयाँ र ३६ प्रतिशत बिदामा आएर पुनः जाने गरेको विभागले जनाएको छ।

यो गत वर्षको तुलनामा करिब ९ प्रतिशतले बढी भएको विभागले जनाएको छ। विभागका अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनामा १ लाख ६ हजार ४ सय ५९ श्रम स्वीकृति लिएर विदेशीएका थिए।

पछिल्लो ३ वर्षमा २२ लाख ५४ हजार युवा रोजगारीको खोजीमा ९३ देश पुगेको विभागको तथ्यांकमा छ । गत आवमा रोजगारी खोज्दै ७ लाख ४१ हजार र अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी ७ लाख ७१ हजार वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ ।

मंगलबार, ०८ असोज २०८१, १७ : ०३

प्रतिक्रिया