काठमाडौँ - ‘मिस एण्ड मिसेस युनिभर्सल २०२४’को अन्तिम स्पर्धामा १२ प्रतियोगी भिड्ने भएका छन् ।
आयोजक पार्कल इन्टरटेन्मेन्टले प्रतियोगिताको ट्यालेन्ट राउण्ड आयोजना गर्दै अन्तिम प्रतियोगी समेत सार्वजनिक गरेको हो । फाइनलका १२ प्रतिस्पर्धीमा पनि मिसतर्फ ६ जना र मिसेसतर्फ ६ जना रहेका छन् । यीमध्येबाट दुई विजेता र अन्य उपविजेता चुनिनेछन् । प्रतियोगिताको ग्राण्ड फिनाले यही असोज १२ गते काठमाडौँमा एक भव्य कार्यक्रमका बिच आयोजना हुनेछ ।
ट्यालेन्ट शोमा प्रतिस्पर्धीहरूले नृत्य, अभिनय, गायन लगायतका कला प्रदर्शन गरेका थिए । प्रतियोगिताको यो तेस्रो सिजन हो । यो सिजनसम्म आइपुग्दा प्रतियोगीहरूलाई थप क्षमतावान् बनाउन आयोजकले विभिन्न प्रशिक्षणको समेत व्यवस्था गरेको छ ।
प्रतिक्रिया