काठमाडौ – लुम्बिनी प्रदेशको घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडाका वेदबहादुर ओलीले अहिले मोटरबोट सञ्चालन गरिरहेका छन् । उनले स्थानीय गगटे तालमा मोटरबोट सञ्चालन गरेसँगै स्थानीयको आम्दानी बढेको छ ।
ओलीका अनुसार, बोटिङ गर्न आउनेले स्थानीय उत्पादन, परिकार खपत गरेपछि उत्पादनमा वृद्धि भएको हो । चालीस वर्षीय ओलीले मोटरबोट सञ्चालनसँगै कुखुरा, हाँस र माछापालन पनि गरेका छन् । उनको फर्मलाई आवश्यक पर्ने दानालगायत सामग्री आपूर्तिबाट पनि स्थानीयको आम्दानी बढोत्तरीमा टेवा पुगेको छ ।
मोटरबोट सञ्चालनसँगै कुखुरा, हाँस र माछापालनबाट प्रशस्त आम्दानी हुने गएको उनले बताए। “मेरो सानो रिसोर्ट पनि भएकाले बोटिङ गर्न आउनेहरू त्यहाँ पनि पुग्छन् यसले व्यवसाय प्रवर्द्धन भएको छ”, उनले भने । सार्वजनिक बिदा र शनिबार बढी आन्तरिक पर्यटक आउने गरेका, गर्मीका बेला दैनिक २५–३० जना बढीले बोटिङ गर्ने तथा अन्य व्यवसायबाट आफूले मासिक रु एक लाख ५० आम्दानी गर्दै आएको उद्यमी ओलीले बताए।
प्रतिक्रिया