एनआइबीएल ग्रोथ फन्डको बुक क्लोज मिति तय

बुधबार, ०९ असोज २०८१, १२ : १९

काठमाडौँ - एनआइबीएल ग्रोथ फन्डको बुक क्लोज मिति तय भएको छ।

योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटलबाट सञ्चालित एनआइबीएल ग्रोथ फन्डले असोज १६ गते बुक क्लोज गर्ने भएको हो । असोज १५ गतेसम्म कायम इकाईधनीलेले नगद लाभांश पाउनेछन्। 

भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट कर सहित ६।३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो। जसअनुसार कम्पनीले लाभांश वितरणको लागि ८ करोड ३८ लाख २० हजार रुपैयाँ खर्चिनेछ। 
 
 

बुधबार, ०९ असोज २०८१, १२ : १९

प्रतिक्रिया