लगातार घटेको सेयर बजार आज  ४९.१८ अंकले बढ्यो

बुधबार, ०९ असोज २०८१, १५ : १२

काठमाडौँ - साताको चौथो कारोबार दिन सेयर बजार ४९.१८ अंकले बढेर २५१९.५७ को विन्दुमा कायम भएको छ ।

यस दिन  नेप्सेमा कारोबार भएको ३२७ कम्पनीको १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन बजारमा बढोत्तरी आउँदा १२ उपसूचक हरियाली भएको छ ।

यस दिन सबैभन्दा बढी ङादी ग्रुप पावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १५ करोड ६४ लाख १७ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको अरुण भ्याली हाइड्रोपावरको १३ करोड ५४ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन सिइडिबी हाइड्रोपावरको १३ करोड ७ लाख १ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सकोे १२ करोड ७१ लाख १३ हजार रुपैयाँ, अपी पावर कम्पनीको १२ करोड ३४ लाख ६६ हजार रुपैयाँको कारोबार भएको हो ।

सेयर बजारमा दोहोरो अंकको वृद्धि आउँदा यी कम्पनीमा झुम्मिए लगानीकर्ता


सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, यूनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत कम्पनी र थ्रीस्टार हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

बुधबार, ०९ असोज २०८१, १५ : १२

प्रतिक्रिया