काठमाडौँ - युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।
कम्पनीले लाभांश वितरण प्रयोजनका लागि असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज २७ गतेसम्म कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन सक्नेछन् ।
प्रतिक्रिया