एक महिनामै भित्रियो १ खर्ब ३६ अर्ब रेमिट्यान्स

विहीबार, १० असोज २०८१, १३ : २२

काठमाडौँ - चालु आर्थिक वर्ष २०८१\८२ को पहिलो महिना साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्समार्फत भित्रिएको छ । 

यो आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको रिपोर्टअनुसार अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १ अर्ब २ करोड पुगेको छ ।  अघिल्लो वर्ष ८७ करोड ९८ लाख रहेको थियो । 

साउनमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत–नयाँ श्रम स्वीकृति लिनेको ३६ हजार ९२८ छ ।  यो महिनामा पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको छ । अघिल्लो वर्षको साउनमा यस्तो संख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ रहेको थियो ।

विहीबार, १० असोज २०८१, १३ : २२

प्रतिक्रिया