नेपाल राष्ट्र बैङ्कले अद्यावधिक गर्‍यो उपभोक्ता मूल्य सूचकाङ्क

विहीबार, १० असोज २०८१, १४ : २१

काठमाडौँ-  नेपाल राष्ट्र बैङ्कले उपभोक्ता मूल्य सूचकाङ्क अद्यावधिक गरेको छ । बैङ्कले नेपालको मुद्रास्फीति गणना गर्न प्रयोग हुने राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्कलाई आधार वर्ष २०७१र७२ बाट २०८०/८१ मा अद्यावधिक गरेको हो ।

आर्थिक वर्ष २०३१/३२ देखि उपभोक्ता मूल्य सूचकाङ्क प्रकाशन गर्न थालेदेखिको यो छैटौँ आधार वर्ष परिवर्तन हो । नयाँ आधार वर्षमा आधारित सूचकाङ्कले उपभोगको प्रवृत्तिलाई बृहत् रूपमा समेट्नुका साथै अन्तर्राष्ट्रिय अद्यावधिक अभ्यासहरूलाई अनुसरण गरेको राष्ट्र बैङ्कले जनाएको छ ।

विगतका वर्षमा नेपाल राष्ट्र बैङ्कले पारिवारिक बजेट सर्वेक्षणको आधारमा वस्तु तथा सेवाको डालो र भाराङ्क निर्धारण गर्दै आएकोमा यस वर्षबाट नेपाल सरकार, राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको नेपाल जीवनस्तर सर्वेक्षणको तथ्याङ्कका आधारमा वस्तु तथा सेवाको डालो र भाराङ्क निर्धारण गरेको जनाएको छ ।

अद्यावधिक गरिएको उपभोक्ता मूल्य सूचकाङ्कको डालोमा ५२५ वस्तु तथा सेवाहरू समावेश गरिएको छ । यसअघि ४९६ वस्तु तथा सेवा रहेका थिए । जसमा नयाँ उपभोग्य वस्तुहरू थप गरिएको र प्रचलनमा नरहेका वस्तु तथा सेवालाई हटाइएको छ उल्लेख छ ।

साविकको डालो (बास्केट) मा ५० जिल्लाका ६० वटा बजार केन्द्र रहेकोमा हाल देशका सबै ७७ जिल्लाका ८७ वटा बजार केन्द्रबाट मूल्य सङ्कलन गरिएको राष्ट्र बैङ्कले जनाएको छ । रहेकोमा ६२ हजार ७ सय ९० मै उपलब्ध गराइएको छ ।

 

विहीबार, १० असोज २०८१, १४ : २१

प्रतिक्रिया