काठमाडौं - साताको अन्तिम कारोबार दिन सेयर बजार ३२.८१ अंकले घटेर २४८६.७६ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३२२ कम्पनीको १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड १४ लाख ७ हजार रुपैयाँको कारोबार भएको छ । यस दिन बजारमा गिरावट आउँदा ११ उपसूचक राताम्मै भएको छ ।
यस दिन ग्रिन भेन्चर्जको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी, दोर्दी खोला जलविद्युत कम्पनी, अपी पावर कम्पनी, थ्री स्टार हाइड्रोपावर, इङ्वा हाइड्रोपावरलगायतको सेयर मूल्य घटेको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी अपी पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४७ करोड ९९ लाख ६७ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनएलजी इन्स्योरेन्सको १७ करोड ७३ लाख ५० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन सिइडिबी हाइड्रोपावरको १४ करोड २५ लाख ५२ हजार रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १३ करोड ८५ लाख ४४ हजार रुपैयाँ, नेपाल फाइनान्सको १३ करोड ३९ लाख ३६ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया