साउनमा १ अर्ब ८३ करोडको बोनस शेयर सूचीकृत

विहीबार, १० असोज २०८१, १६ : १२

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ साउन मसान्तमा सूचीकृत ८ अर्ब ३४ करोड शेयरको चुक्ता मूल्य रु.८२६ अर्ब ५२ करोड रहेको छ । 

आर्थिक वर्ष २०८१\८२ को एक महिनामा रु.१ अर्ब ८३ करोड बराबरको थप बोनस शेयर सूचीकृत भएको छ । २०८० साउन मसान्तमा २०३३.१४ रहेको नेप्से सूचकाङ्क २०८१ साउन मसान्तमा ३०००.८१ कायम भएको छ । २०८१ साउन मसान्तमा धितोपत्र बजार पुँजीकरण रु.४७६५ अर्ब ९१ करोड कायम भएको छ ।

२०८० साउन मसान्तमा बजार पुँजीकरण रु.३०४३ अर्ब १ करोड रहेको थियो । २०८१ साउन मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६८ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३० बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत्कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। २०८० साउनमा सूचीकृत कम्पनीहरूको संख्या २५४ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७.९ प्रतिशत रहेको छ ।

विहीबार, १० असोज २०८१, १६ : १२

प्रतिक्रिया