काठमाडौं - साहस उर्जा र सानिमा रिलायन्स लाइफ इस्योरेन्सको शेयर समायोजन भएको छ ।
साहस उर्जाको ८ प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४ सय ७९ रुपैयाँ १७ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५ सय १७ रुपैयाँ ५० पैसामा भएको थियो ।
सानिमा रिलायन्स लाइफ इस्योरेन्सको १८.३८ प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४ सय ७२ रुपैयाँ ६३ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५ सय ५९ रुपैयाँ ५० रुपैयाँमा भएको थियो ।
प्रतिक्रिया