माण्डु हाइड्रोपावरले असोज १४ गते वार्षिक साधारण सभा

शुक्रबार, ११ असोज २०८१, ०८ : २५

काठमाडाैं- लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न माण्डु हाइड्रोपावरले असोज १४ गते वार्षिक साधारण सभा डाकेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ ३१ गते सोमबार बुक क्लोज गरिसकेको छ । तसर्थ, भदौ ३० गतेसम्म कायम रहेका सेयरधनीले मात्र लाभांश हात पार्न  र सभामा सहभागिता जनाउन सक्नेछन् ।

साधारण सभा, नेपा ब्यांकेट, नयाँ बजार, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । यस कम्पनीको सभाले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०८०\० ८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
 

शुक्रबार, ११ असोज २०८१, ०८ : २५

प्रतिक्रिया