एशियन लाइफको ५ लाख १४ हजार कित्ता सेयर बिक्रीमा

शुक्रबार, ११ असोज २०८१, १२ : २२

काठमाडौँ - एशियन लाइफ इन्स्योरेन्स कम्पनीले  संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ५ लाख १४ हजार ४६५ कित्ता सेयर बिक्रीमा राखेको छ ।

उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन्।संस्थापकले ३५ दिनभित्र उक्त सेयरका लागि आवेदन दिनुपर्नेछ । यदि संस्थापकले खरिद नगरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खला गरिने कम्पनीले जनाएको छ ।

 

शुक्रबार, ११ असोज २०८१, १२ : २२

प्रतिक्रिया