काठमाडौँ - सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले वितरण गरेको बोनसमा लाग्ने कर सेयरधनीले तिर्नुपर्ने भएको छ ।
लघुवित्तले वितरण गरेको बोनस सेयरको कर सेयरधनी आफैंले तिर्नु पर्ने जनाएको हो ।लघुवित्तको गत साउन ३२ गते सम्पन्न १२औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९र८० को नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयरमा लाग्ने कर रकम बुझाउन लघुवित्तले अनुरोध गरेको हो ।
सेयरधनीले लघुवित्तको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा कुमारी बैंकका शाखा कार्यालयमा गएर करबापतको रकम बुझाउन सक्नेछन् ।
प्रतिक्रिया