काठमाडौँ - रुरु जलविद्युत परियोजना लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको असोज १२ गते बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८ प्रतिशत नगद लाभांशसमेत गरी जम्मा १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले लाभांश घोषणा गरे पश्चात कायम हुने पुँजीमा ८० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने घोषणा गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ११ गते साधारण सभा बोलाएको छ । सभा लिसारा ब्यांकेट, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०८०\८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१\८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
कम्पनीले लाभांश वितरण प्रयोजनार्थ असोज ३० गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, असोज २९ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया