नबिल बैंकले सार्वजनिक गर्‍यो दशैँ अफर सार्वजनिक

सोमबार, १४ असोज २०८१, ०९ : २६

काठमाडौं- चाड पर्वका अवसर पारेर नबिल बैंकले सवारी साधनमा आकर्षक ‘अफर’ सार्वजनिक गरेको छ ।

बैंकले भनेको छ – नबिल अटो लोनका साथ यस दशैँमा आफ्नो सपनाको गाडी घर भित्र्याउनुहोस्।
बैंकले अटो लोनमा ५ वर्षका लागि वार्षिक ८.२५ प्रतिशत र ७ वर्षका लागि ८.४९ प्रतिशत ब्याजदर उपलब्ध गराउने जनाएको छ ।


बैंकले निजी सवारी साधन खरिद गर्दा ७ वर्षका लागि ८० लाख सम्म लोन उपलब्ध गराउनेछ । व्यावसायिक सवारी साधनका लागि रु ८० लाख लोन पाँच वर्षका लागि उपलब्ध गराउने जनाएको छ ।

सोमबार, १४ असोज २०८१, ०९ : २६

प्रतिक्रिया