काठमाडौँ - एनएमबि बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ८० हजार २८८ कित्ता सेयर बिक्रीमा राखिएको छ।
यो सेयर बैंकका बहाल संस्थापक सेयरधनीले मात्र खरिद गर्न पाउने छन्। इच्छुक संस्थापकले ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ । ३५ दिनभित्र सेयर बिक्री नभएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।
प्रतिक्रिया