माण्डु हाइड्रोपावरको साधारणसभा सम्पन्न

सोमबार, १४ असोज २०८१, १३ : ०७

काठमाडौँ - माण्डु हाइड्रोपावरले १३औँ वार्षिक साधारणसभा काठमाडौंको नयाँबजारस्थित नेपा बैंक्वेटमा सम्पन्न भएको छ कम्पनीले जनाएको छ।

कम्पनीले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुन आउने १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

कम्पनीको सभाले सो प्रस्ताव अनुमोदन गरेको छ । प्रचलित कानुनबमोजिम कर कट्टी गरी नगद लाभांश वितरण गरिने कम्पनीले जनाएको छ। सोही सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१\८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित पारित गरेको छ ।

सोमबार, १४ असोज २०८१, १३ : ०७

प्रतिक्रिया