काठमाडौं - साताको दोस्रो कारोबार दिन सेयर बजार ४४.४५ अंकले बढेर २५०८.८६ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३१९ कम्पनीको ९७ लाख १७ हजार ९५९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा १२ उपसूचक हरियाली भएको छ ।
यस दिन सबैभन्दा बढी सिइडिबी हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १७ करोड ६९ लाख ६४ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सर्बोत्तम सिमेन्टको १७ करोड १५ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन शिभम् सिमेन्टको १५ करोड ३३ लाख ७४ हजार रुपैयाँ, नेपाल फाइनान्सको १३ करोड १ लाख ८५ हजार रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको ८ करोड ७६ लाख ७८ हजार रुपैयाँको कारोबार भएको हो ।


सकरात्मक सर्किट लागेका कम्पनी
यस दिन सिइडिबी हाइड्रोपावर र कुमारी सबल योजनाको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, युनाइटेड मोदी हाइड्रोपावरको ९.५८ प्रतिशत, सर्बोत्तम सिमेन्टको ९.४७ प्रतिशत, सोनापुर मिनरल्सको ९.११ प्रतिशतले सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया