हाथवे इन्भेष्टमेन्टले डाक्यो साधारणसभा

मंगलबार, १५ असोज २०८१, १२ : १८

काठमाडौँ - हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आगामी कात्तिक २५ गते १६औँ वार्षिक साधारण सभा बोलाएको छ। 

कम्पनीले काठमाडौंमा रहेको आम्रपाली ब्याङ्केटमा बिहान १० बजे साधारणसभा बोलाएको हो। कम्पनीको मुख्य एजेण्डा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्ने रहेको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने रहेको छ। 

साधारणसभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक ७ गते बुकक्लोज गर्ने छ।

 कात्तिक ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले कम्पनीको साधारण सभामा सहभागिता जनाउन पाउनेछन् भने लाभांश प्राप्त गर्न सक्नेछन्।

मंगलबार, १५ असोज २०८१, १२ : १८

प्रतिक्रिया