सेयर बजारमा ११४.७० अंकले वृद्धि

मंगलबार, १५ असोज २०८१, १५ : १८

काठमाडौं - साताको तेस्रो कारोबार दिन सेयर बजार ११४.७० अंकले बढेर २६२३.५६ को विन्दुमा कायम भएको छ ।

यस दिन नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा उछाल आउँदा सबै उपसूचक हरियाली भएको छ ।

यस दिन सबैभन्दा बढी एनएलजी इन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २८ करोड ८२ लाख ८३ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन रि इन्स्योरेन्सको २३ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन नेपाल फाइनान्सको २० करोड ७२ लाख १० हजार रुपैयाँ, सिइडिबी हाइड्रोपावरको १९ करोड ७२ लाख ७६ हजार रुपैयाँ, अपी पावर कम्पनीको १८ करोड १० लाख ६० हजार रुपैयाँको कारोबार भएको हो ।

सेयर बजारमा उछाल, तीन अंकले बढ्दा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सकरात्मक सर्किट लागेका कम्पनी

यस दिन बुटवल पावर कम्पनी, गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, जानकी फाइनान्स, सम्वृद्धि फाइनान्स, आइसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मल्टिप्रपोज फाइनान्स, रिलायन्स फाइनान्ससहित २३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

मंगलबार, १५ असोज २०८१, १५ : १८

प्रतिक्रिया