नेप्सेमा दुई कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

मंगलबार, १५ असोज २०८१, १७ : १०

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंगलबार दुई कम्पनीको मूल्य समायोजन गरेको छ ।

नेप्सेले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १ हजार ५५० रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार ६०५ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।

त्यसैगरी, गुराँस लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १ हजार ५९१.९५ रुपैंया हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार १ हजार ८१८.८० रुपैंया आधारमा मूल्य समायोजन गरेको छ । यी दुवै कम्पनीको सोही मूल्यको आधारमा नै भोली बुधबार सेयरबजारमा कारोबार खुल्नेछ ।
 

मंगलबार, १५ असोज २०८१, १७ : १०

प्रतिक्रिया