फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा

बुधबार, १६ असोज २०८१, ११ : ५८

काठमाडौं - फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०\८१ को नाफाबाट १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी जम्मा १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले स्विकृत गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।
 

बुधबार, १६ असोज २०८१, ११ : ५८

प्रतिक्रिया