काठमाडौं - साताको चौथो कारोबार दिन सेयर बजार २६.०७ अंकले घटेर २५९७.४९ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३१० कम्पनीको १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा १२ वटा उपसूचक राताम्मै भएको छ ।
उक्त दिन बजारमा गिरावट आउँदा पनि थ्रीस्टार हाइड्रोपावर र स्वराजगार लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, इष्टर्न हाइड्रोपावर, अपरहेवाखोला हाइड्रोपावर लगायतको कम्पनीको सेयर मूल्य बढेको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २० करोड ७१ लाख ५५ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन रि इन्स्योरेन्सको १७ करोड ३१ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन गुडविल फाइनान्सको १५ करोड ९६ लाख ६९ हजार रुपैयाँ, नेपाल बैंकको १५ करोड २७ लाख २१ हजार रुपैयाँ, शिभम् सिमेन्टको १३ करोड ७५ लाख ५८ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया