काठमाडौँ - फिल्म ‘फिरफिरे फिरिरी’को शीर्ष गीत सार्वजनिक गरिएको छ ।
गीतमा प्रशान्त सिवाकोटीको शब्द, सङ्गीत छ, भने स्वर भरत अधिकारी, प्रशान्त सिवाकोटी, टिकाराम श्रेष्ठ र रोषा फुयाँलको छ । बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको फिल्म मनोज कुमार अधिकारीले निर्माण गरेका हुन् । ‘नौ डाँडा पारी’, ‘मंगलसुत्र’ निर्माण गरेका निर्माता अधिकारी करिव १५ बर्षपछि फेरी फिल्म निर्माणमा फर्किएका हुन् ।
सन्दीप श्रेष्ठ र नवीन भट्टको लेखन रहेको फिल्मले दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्नेमा बताइन्छ । फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् । फिल्म कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउनेछ ।
फिल्ममा मनोज, सन्दीप, भावनाको अलावा शंकर सेढाई, पिटर प्रिन्स, रबिना केसी,पुष्प अवस्थी, सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय छ । फिल्ममा जितु तामाङको छायाङ्कन, रोशन दास, प्रकाश दाहाल र अग्नि सुवेदीको सहायक निर्देशन, केशव राज भट्टको कोरियोग्राफी, प्रशान्त सिवाकोटीको सङ्गीत, अनन्त घिमिरेको सम्पादन रहेको छ ।
प्रतिक्रिया