काठमाडौँ - धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि आज तय गरिएको अन्तर्वार्ता रोकिएको छ ।
छनोट सूचीमा परेका बाँकी तीन जनालाई आज बिहान ८ बजे अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिका लागि सिंहदरबार बोलाइएको थियो । नवराज अधिकारी, चिरञ्जिवि चापागाईं र कृष्णबहादुर कार्कीलाई शुक्रबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीका लागि बोलाइएको थियो ।
अर्थ मन्त्रालयले विशेष कारणवश रोक्नुपरेको जानकारी दिएको छ । स्रोतका अनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी डेंगुका कारण अस्पताल भर्ना भएकाले अन्तर्वार्ता रोकिएको हो । अधिकारी अध्यक्ष छनोटका लागि गठित समितिका संयोजक हुन् ।
त्यसपछि अदालतले नयाँ प्रक्रिया सुरु नगर्न अन्तरिक आदेश दिएको थियो । अदालतको आदेशपछि पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्तिको बाटो खुलेपछि सरकारले फेरि तीन उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । २०८० पुस २० पछि धितोपत्र बोर्ड अध्यक्षविहीन छ ।
प्रतिक्रिया