काठमाडौँ - कामना सेवा विकास बैंकले ३५ हजार ५३४ कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ ।
यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ १०० रुपैयाँ तोकिएको छ ।लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् ।
यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।आवेदकले प्रभु क्यापिटल, कमलादी काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । यसमा असोज २१ गतेसम्म आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया