काठमाडौँ - एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर संशोधन गर्न विशेष साधारण सभा आह्वान गरेको छ।
सञ्चालक समितिको बैठकले कात्तिक ७ गते काठमाडौंको आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १९ बजे सभा बोलाएको हो । सभाले हकप्रद सेयर संशोधन प्रस्ताव पारित गर्ने एजेण्डा छ। कम्पनीले ६२.५६ प्रतिशत अर्थात् ९६ करोड ३१ लाख २२ हजारको प्रतिकित्ता १ सय रुपैयाँका दरले ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद सेयर जारी गर्ने संशोधन प्रस्ताव छ।
यसअघि चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाखको १० सेयर बराबर ६.६ सेयर ९६६ प्रतिशत० ले हुन आउने ९६ करोड ३१ लाख २२ हजार रुपैयाँका प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९६ लाख ३१ हजार २२० कित्ता सेयर जारी गर्न प्रस्ताव गरेको थियो ।
तर, यस अवधिमा कम्पनीले ५.५० प्रतिशत बोनस सेयर जारी गरेपछि चुक्ता पुँजी १ अर्ब ५३ करोड ९४ लाख रुपैयाँ पुगेको थियो। जसकारण हकप्रद सेयर घटाउन लागेको हो।
प्रतिक्रिया