संस्थापक शेयर बिक्री गर्दै सानिमा जिआईसी इन्स्योरेन्स

शुक्रबार, १८ असोज २०८१, १४ : २८

काठमाडौँ - सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले असोज २३ गतेदेखि ११ लाख ३ हजार ४०५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याउने भएको छ । 

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुसँगै अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरिद गर्न पाउने गरी यी शेयर बिक्री गर्न लागेको हो । इच्छुक खरिदकर्ताहरुले कात्तिक ५ गते कार्यालय समयभित्र आवेदन पेश गर्नुपर्नेछ । 

प्रतिकित्ता २५० रुपैयाँ मूल्य तोकिएको यी शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ । न्यूनतम ७ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ । आवेदन कम्पनीको शेयर बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालयमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । 

तोकिएको अवधिभित्र प्राप्त बोलपत्र कात्तिक ५ गते अपरान्ह ४ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिने कार्यक्रम समेत तय भइसकेको छ ।
 
 

शुक्रबार, १८ असोज २०८१, १४ : २८

प्रतिक्रिया